‘कथित प्रजातन्त्रका भरौटेहरुले क्रान्तिकारी विद्यार्थीलाई खरखजनाको झुठा मुद्दा लगाउनु निन्दनीय’

‘कथित प्रजातन्त्रका भरौटेहरुले क्रान्तिकारी विद्यार्थीलाई खरखजनाको झुठा मुद्दा लगाउनु निन्दनीय’

  • शुक्रबार, माघ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १९ माघ ।

अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई खरखजना सम्बन्धी झुठा अभियोग लगाएर फसाउन खोजिएको सरकारको कडा आलोचना गरेको छ ।

कोषाध्यक्ष विकलाई बिहीबार साँझ मोरंगको विराटनगर विमानस्थलबाट तीन राउण्ड गोलीसहित पक्राउ गरिएको हल्ला सरकारले नै षडयन्त्रपूर्वक चलाएको भन्दै अखिल (क्रान्तिकारी)ले काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरेर सरकारको चर्को आलोचना गरेको हो ।

केन्द्रीय समितिले अायोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले संगठनले देशैभर पार्दै अकल्पनीय प्रभाव र स्ववियू निर्वाचन प्रभावित तुल्याउन क्रान्तिकारी विद्यार्थी नेता विकमाथि गोली बोकेको कथित आरोप सरकारका भरौटेहरुले लगाएको बताए ।

अध्यक्ष ढकालले कोषाध्यक्ष विक निर्दोष रहेको र ससम्मान बिनासर्त रिहा गर्न सरकारसँग पत्रकार सम्मेलनमार्फत जोडदार माग गरे । माग सुनुवाई नभए केपी प्रचण्ड रामबहादुरको घरमा जनताको हत्कडी बोेकेर क्रान्तिकारी जनता पुग्ने चेतावनी दिए ।

अहिलेको दलाल र बुर्जुवा गणतन्त्रले नागरिकमा निराश, महंगी, अत्याचार, भ्रष्टाचार र पराधिनताबाहेक केही दिन नसकेको उनको तर्क थियो । कथित प्रजातन्त्रको दुहाई दलाल सत्ताका भरौटेहरुले नागरिकको परिवर्तनको यात्रालाई रोक्न खोजेको बताउँदै बुर्जुवा गणतन्त्र ल्याउन प्रधानमन्त्री केपी ओलीको कुनै भूमिका नरहेको प्रष्ट पारे ।

अखिल (क्रान्तिकारी)का नेता र विद्यार्थीहरुले कुनै किसिमका अपराध नगरेको र हिरासत र जेल कोच्नुपर्ने कुनै कारण नभएको जिकिर राख्दै अध्यक्ष ढकालले संगठनले चलाइरहेको शान्तिपूर्ण भ्रष्टचारविरोधी र कम्युनिष्ट विद्यार्थी अभियानलाई कमजोर पार्ने षडयन्त्र सरकारमा बस्नेहरुल नै गरिरहेको बताए । षडयन्त्रमा अभियान नरोकिने पनि उनले स्पष्ट पारे ।

विकको गिरफ्तारी अमावीय हर्कत तथा गैरन्यायिक भएको बताएको छ । सम्मेलनमा वितरित ढकालदारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कोषाध्यक्ष विकको गिरफ्तारी ‘नेपालको भावी क्रान्तिमा युवा विद्यार्थीहरुको बिचमा पैदा भएको आकर्षणको लहरबाट अतालिएर संगठन र नेताहरुमाथि केपीरामबहादुरको प्रशासनले गरेको दमन र गिरफ्तारी एक घृणित, अनैतिक र अमावीय कार्य’ भएको उल्लेख गरिएको छ ।
सरकारले चलाएको गैरन्यायिक र अमानवीय हर्कत निस्तेज पार्न र जनताको शासन व्यवस्था वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न तथा न्यायको पक्षमा उभिन समेत विज्ञप्तिमार्फत अपिल गरिएको छ । सरकारले झुटा मुद्दा सिर्जना गराएर नेता विकलाई फसाउने षडयन्त्र गरेको जनाउँदै त्यसलाई आन्दोलनले मात्र विफल बनाउन सम्भव रहेको अखिल (क्रान्तिकारी)को निष्कर्ष छ ।

विज्ञप्तिमा जनाइएअनुसार संगठनले विकको रिहाईको लागि पाँचदिने संघर्षका कार्यक्रम पनि पत्रकार सम्मेलनमा घोषणा गरेकोछ । जसअनुसार आज पत्रकार सम्मेलन, माघ २० गते हरेक क्याम्पस तथा शैक्षिक संस्थाहरुमा विरोध प्रदर्शन, २१ गते ७७ वटै जिल्लामा विरोध र्याली निकाल्नुका साथै कोणसभा गर्ने, २३ गते साँझ देशव्यापी मशाल जुलुस गर्ने र २४ गते देशैभर शैक्षिक संस्था बन्द अर्थात आम शैक्षिक हडताल गर्ने रहेको छ ।

सुनसरीको विद्यार्थी सम्मेलन सम्पन्नपछि बिहीबार आन्तरिक विमानबाट काठमाडौं फर्कँदै गर्दा नेता विकलाई विमानस्थलबाट गिरफ्तार गरी खरखजना मुद्दामा मोरंग प्रहरी हिरासतमा राखिएको छ । उनलाई आजै त्यहाँको जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई उनीमाथि अनुसन्धान चलाइएको छ ।

अान्दोलनले ताेकेकाे समयसीमाभित्र रिहा नगरिए थप स‌‌घष्रका कार्यक्रम घोषणा गरिने पनि जानकारी त्यस अवसरमा दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ