स्याङ्जा, १८ माघ ।
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी स्याङ्जाले गरेको संगठन सुढृडीकरण तथा विस्तार अभियान अन्तर्गत दुई हप्तामै ३३ ओटा कमिटी निर्माण गरेको जनाएको छ । पार्टी केन्द्रिय सदस्य शितलको नेतृत्वमा रहेको अभियान टिमले जिल्लाका विभिन्न ठाउमा गएर भेटघाट, छलफल तथा अन्तरक्रिया गरि सँगठन विस्तारका साथै गाउ ठाउंका समस्याहरुको उचित पहिचान गरि समाधान गर्ने प्रयास गरिराखेको छ । समसामाहिक राजनीतिक परिवेश र अहिलेको कम्यूनिष्टको खोल ओडेको सरकारको लाचारिपनका कारण जनताहरुमा सरकार प्रति वितिष्णा पैदा भैरहेको र यो सरकारले हामि जस्ता गरिब जनताहरुको लागि केहि नगर्ने खालि आफ्नो र आफ्ना आसेपासे हरुको लागि मात्र काम गरिराखेको हुनाले विप्लव नेतृत्वको नेकपाले अबको निकाश दिनुपर्ने कुरामा जनताले जोड दिएका बताइएको छ ।
स्याङ्जामा केन्द्रिय सदस्य सहित ५ जना ब्युरो सदस्यहरु र नेकपा स्याङ्जाको टिम अभियानमा लागेको नेकपा श्रोतले जनाएको छ ।