काठमाडौं, १८ माघ ।
नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई बिहीबार साँझ बिराटनगरको विमानस्थलबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
कर छली गरेको एनसेलविरुद्ध अखिल (क्रान्तिकारी) झापाद्वारा सम्पन्न विरोध प्रदर्शनपछि राजधानी काठमाडौं फर्कने क्रममा विराटनगरको विमानस्थलबाट विमान चढ्ने बेला गिरफ्तार गरेको हो । हाल विकलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको छ ।
उता विकको गिरफ्तारीको नेपाल कम्युनिस्ट पार्टी पूर्वीकमाण्डले भत्सर्ना गरेको छ । दलाल पुँजीवादी सरकार भारतीय साम्राज्यवादको इसारामा रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरही गिरफ्तारीको कडा शब्दमा भत्सर्ना गरेका छन् ।
केही दिन अगाडि विद्यार्थीहरूले रास्ट्रियताको आन्दोलनको विषयलाई लिएर सिमानामा काँडेतार लगाएर सुरु गरेको थियो । संगठन मातृ पार्टीसँगै राष्ट्रियता, स्वाधीनता र वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापनाको पक्षमा अभियानमा छ ।
यसै बीच एनसेलले ७२ अर्ब कर छलि विरुद्धमा देशभरी भण्डाफोर र विरोध प्रदर्शनमा रहेको बेला विद्यार्थी नेता विकलाई गिरफ्तार गर्नु निन्दनीय भएको नेता बताउँदै ईन्चार्ज बन्दी विकलाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
अन्यथा, संघर्षका कडा कार्यक्रम घोषणा गरिने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सरकार हुने चेतावनी समेत दिएका छन् ।