विद्यार्थी परिषद्को मिसन साहसी काठमाडौंमा पनि सुरु

विद्यार्थी परिषद्को मिसन साहसी काठमाडौंमा पनि सुरु

  • बिहिबार, माघ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, माघ १७ ।
नारी सुरक्षा र सम्मानका लागि राष्ट्रिय अभियान मिसन साहसी नामक कार्यक्रम लिएर देश दौडाहमा रहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आजबाट काठमाडौंमा पनि अभियानको सुरुवात गरेको छ ।

विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आजबाट राजधानीका विभिन्न कलेजका ६० भन्दा बढी छात्राहरुलाई प्रशिक्षक प्रशिक्षण तालिमको सुरुवात गरेको हो । राजधानीको पद्यमकन्या क्याम्पस प्राङगढमा सुरु गरिएको मिसन साहसी अभियान अन्तर्गतको प्रशिक्षक प्रशिक्षण तालिम तीन दिन सम्म सञ्चालन हुनेछ ।

उक्त तालिममा महिलालाई आत्मरक्षा र आत्म विश्वासका लागि विभिन्न सेल्फ डिफेन्सका टेक्निकहरु सिकाउनुका साथै आत्मविश्वासका लागि वैचारिक ज्ञान पनि दिइने विद्यार्थी परिषद्ले जनाएको छ । उनीहरुलाई मुख्य प्रशिक्षक गोजिरियो कराते एसोएिसनका केन्द्री्रय कोषाध्यक्ष सानोकाजी नगरकोटीले प्रशिक्षण दिनुहुनेछ ।

तीन दिन सम्म प्रशिक्षित छात्राहरुले राजधानीका २०० भन्दा बढी विद्यालयका कक्षा ८ देखि १२ सम्मका ७ हजार भन्दा बढी छात्राहरुलाई पुन प्रशिक्षण दिनेछन् । विद्यार्थी परिषद्ले यसअघि गैडाकोट भैरहवा लगायतका स्थानमा मिसन साहसी सम्पन्न गरिसकेको छ भने वीरगञ्ज पोखरा चितवन लगायतका स्थानमा जारी छ ।

मुलकमा पछिल्लो समय बढदै गइरहेको महिला हिंसा, बलात्कार हत्या,यौन–दुव्र्यवहार जस्ता घटनाहरुको न्युनिकरणको पहलस्वरुप विद्यार्थी परिषद्ले मिसन साहसी अभियान सञ्चालन गरेको विद्यार्थी परिषद्को राष्ट्रिय छात्रा प्रमुख एव अभियान संयोजन समितिको संयोजक भगवती श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रलाई संबोधन गर्दै छात्रा प्रमुख श्रेष्ठले छात्राहरु आफैमा सबल सक्षम भए पनि आत्म–विश्वासको कमीका कारण आत्मरक्षा गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभयो ।

संयोजक श्रेष्ठले सम्पूर्ण नारीहरुले आफ्नो आत्मसम्मान र आत्मरक्षाको लागि यस्ता प्रकारका तालिम लिएर व्यवहारमा उर्तान थालेमा निर्मला पन्तको जस्तो अवस्था सृजना नहुने बताउनु भयो । साथै उहाँले प्रत्येक नारी आत्मरक्षाका लागि सबल सक्षम हुनु भनेकै मुलुक सशक्त हुनु भएको धारणा राख्नु भयो ।

यस्तै सोही कार्यक्रमलाई संबोधन गर्दै विद्यार्थी परिषद्को राष्ट्रिय सचिव छितराज न्यौपानेले देशमा बढदो विकृति विसङगतिका कारण पनि महिलामाथि हिंसा हुने गरेको बताउदै यसलाई न्युनिकरण गर्न र सचेत रहनु पर्नेमा जोड दिनुभयो ।

सचिव न्यौपानेले महिलाहरुलाई आफू माथि भएको हिंसा सहेर नबस्न र अरु माथि भएका अत्याचार र हिंसाको पनि खुलेर प्रतिरोध गर्न आग्रह गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ