एनसेलविरुद्ध संघर्ष चर्कियो, कर नतिरे परिणाम गम्भीर हुने

एनसेलविरुद्ध संघर्ष चर्कियो, कर नतिरे परिणाम गम्भीर हुने

  • बुधबार, माघ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.4K
    SHARES

काठमाडौं, १६ माघ ।
नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले जारी राखेको राजश्व छलीविरुद्धको संघर्ष यसपटक पुनः चर्किएको छ ।

एनसेल नामबाट संचालित मोवाइल फोन सेवाको प्रदायिक कम्पनी अजियाटाले सरकारलाई अर्बौ रुपैयाँ राजश्व नतिरेर राज्यकोषलाई नोक्सनी पुर्याएको विवरण संघर्षरत पक्षले सार्वजनिक गरेको छ ।

कम्पनीले राज्यलाई आम्दानी कर नतिरेको विरोधमा संघर्षरत पक्ष नेपाल कम्युनिस्ट पार्टीले एनसेलले नागरिकसँग उठाएको रकमबाट नेपाल सरकारलाई तिर्नुपर्ने कर करिब ७२ अर्ब नतिरेर राज्यकोषलाई क्षति पुर्याउने काम गरेको जनाएको छ ।

सोही करछलीको विरोधमा हिजो मंगलबार मात्र कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंमा विरोध प्रदर्शन गररयो । विरोध र्याली महानगरका मुख्य र व्यापारिक क्षेत्रहरुको परिक्रमापछि शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहीले एनसेलले राज्यकोषलाई बुझाउनुपर्ने कर तत्काल बुझाउन र नबुझाएमा प्रतिकारात्मक संघर्ष संचालन गर्ने धारणा राखे । उक्त विरोधसभा सांकेतिक मात्र भएको र विरोधको स्वरलाई नसुनेझैं गरिए कडा संघर्षको विधि अपनाउने र त्यसबाट कर छल्ने एनसेल नागरिकसामू झुक्न बाध्य हुने चेतावनी दिए ।

त्यस्तै विरोध सभालाई सम्बोधन गर्दै पार्टीको युवा संगठनका अनुप शर्माले राजश्वमारा जनताको जायज मागलाई पूरा गर्न आलटाल गरे एनसेल गम्भीर परिणाम भोग्न तयार हुनुपर्ने भन्दै समयमै आफूहरुले उठाएको माग पूरा गर्नेबारे गम्भीर हुन आग्रह गरे ।

केही दिनअघि बसेको अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकले देश र जनतालाई अर्बौं रुपैयाँ करछली गर्ने एनसेलविरुद्ध आन्दोलन गर्ने निर्णय लिएको थियो । सोहीअनुरुप क्रान्तिकारीको उपत्यका, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र सीटीईभीटीको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

निर्णयअनुसार मेची, जनकपुर, लुम्बिनी र राप्ती क्षेत्रीय समन्वय समिति माघ १७ गते, महाकाली, पश्चिमताम्सालिङ र गण्डक क्षेत्रीय समन्वय समितिले माघ १८ गते, पूर्वी ताम्सालिङ, सेती र धौलागिरी क्षेत्रीय समन्वय समितिले माघ २१ गते र भेरी, सगरमाथा, नारायणी र कर्णाली क्षेत्रीय समन्वय समितिले माघ २३ गते विरोध प्रदर्शन गर्ने जानकारी अखिल (क्रान्तिकारी)ले दिएको छ ।

आम्दानी गर्दै आइरहेको यस कम्पनी किनबेच गर्ने क्रममा राज्यलाई बुझाउनुपर्ने आम्दानी कर नबुझाएका कारण एनसेल विवादित बन्दै आएको छ । सोहीकारण नेपाल कम्युनिस्ट पार्टीले दुई वर्षपहिले कर तिर्न अपिल गरेको थियो । तर अटेर गरेको भन्दै देशभर गरी २८ वटा एनसेलको टावरमा आक्रमण गरिएको थियो । त्यसपछि दुईपटक गरी करिब २३ अर्ब ६० करोड रुपैयाँ कर बुझाइसकिएको छ । बाँकी कर चुक्ता तिर्न पुनः संघर्षमार्फत अपिल गरिएको हो ।

एनसेल मेरो मोवाइल नामबाट सेवा शुरुवात भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ