चितवन, १५ माघ । उद्योग वाणिज्य महासङ्घ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । सम्मेलनले श्रीकृष्ण बस्नेतको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
सम्मेलनमा नेकपाका पोलिटब्युरो सदस्य तथा जनवर्गीय सङ्गठनका इन्चार्ज मोहन कार्की ‘जीवन्त’ र चितवन इन्चार्ज लालबहादुर बीसी, सेक्रेटरी ध्रुब लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मङ्गलबार सम्पन्न सम्मेलनका वक्ताहरूले अब हुने क्रान्तिमा उद्योग वाणिज्य महासङ्घको भूमिका महत्वपूर्ण रहने बताउँदै नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline