नेपाल पत्रकार महासङ्घको महिला विभागकाे राष्ट्रिय सम्मेलनको तयारी पूरा

नेपाल पत्रकार महासङ्घको महिला विभागकाे राष्ट्रिय सम्मेलनको तयारी पूरा

  • मङ्लबार, माघ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

चितवन, १५ माघ

नेपाल पत्रकार महासङ्घको महिला विभागले आयोजना गर्न लागेको महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जिल्लाको पर्यटकीय क्षेत्र पटिहानीमा शुरु हुनेछ । दुई दिने सम्मेलनमा देशका २०० महिला पत्रकार सहभागी हुने महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।

पहिलो दिन सहभागीलाई पर्यटकीय क्षेत्र पटिहानीका बारेमा जानकारी र भ्रमण गराउने कार्यक्रम छ । हालै मात्र सरकारले १०० पर्यटकीय ठाउँको सूचीमा पटिहानीलाई राखेको थियो । दोस्रो दिन भेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ ।

भेलामा महिला पत्रकारको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा छलफल हुने महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले बताउनुभयो । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । भेलामा महासङ्घको जिल्ला, एसोसिएट, प्रतिष्ठान शाखा, प्रदेश र केन्द्रमा नेतृत्व गर्ने, केन्द्रीय समितिमा रहेर काम गरिसकेका अग्रज, विभिन्न सङ्घ सङ्गठनका अगुवा पत्रकार महिला सहभागी हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ