अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै

अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै

  • आइतवार, माघ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं,माघ १३ ।

डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकले अनशनरत केसीको स्वास्थ्य जटिल बन्दै गएको बताएका छन् । डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको र शरीरमा सेता रक्त कोषको मात्रा पनि कम रहेको उपचारमा संलग्न डा. सुवास आचार्यले बताउनुभयो । लामो समयदेखि डा. केसीका पेट खाली रहेकाले सेता रक्त कोषको मात्रा कम हुँदै गएको उनले जानकारी दिनुभयो ।

डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकले निरन्तर निगरानीमा राखेको डा. आचार्यले बताए। उनका अनुसार डा. केसीको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर समस्या निम्तिने खतरा छ । डा. केसी पुस २५ देखि अनशनमा छन्।

यसैबीच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका साथै माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनको तयारी गरेको छ । यसका लागि संघले आज बृहत् भेला आयोजना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ