गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेबाट सुरु गरेको संगठन सुदृणिकरण तथा विस्तार अभियान २ देशभर तिब्र गतिमा अघि बढेको छ।
जनताको घर आगनमा पुगेका उनीहरुसँग छलफल अन्तरक्रिया गर्ने, सभा , सम्मेलन तथा संगठन बिस्तार लगायतका कार्यहरु अभियान अन्तरगत जारी रहेको नेकपाले जनाएको छ । नेकपाका नेता कार्यकर्ताहरु अहिले गाँउ देखि शहरसम्म अभियानमा सहभागी छन् । यसैक्रममा अभियान अन्तरगत नै आज अखिल नेपाल शिक्षक संगठन, गुल्मीको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले देवराज चौलागाईंको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
यस्तै युवा संगठन नेपाल, गुल्मीको दोस्रो भेला पनि आजै सम्पन्न भएको छ । युवा संगठनको जिल्ला अध्यक्षमा कृष्ण ढकाल निर्वाचि भएका छन् ।
भेलाले २३ सदस्यीय समिति सर्वसम्बत चयन गरेको हो ।

यसअघि शुक्रवार नेकपा निकट अखिल(क्रान्तिकारी) गुल्मीको १८ औं जिल्ला सम्मेलन विकल्प खत्रीको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित भएको छ ।
यस्तै जनपत्रकार संगठन नेपाल गुल्मीको प्रथम भेला १० गते शंकर भुसालको नेतृत्वमा १५ सदस्यीय समिति समेत बनेको छ ।
अभियानमा पार्टी केन्द्रिय सन्देश पौडेल, जिल्ला ईन्चार्ज पूर्ण बहादुर सिंह, सेक्रेटरी खिम खड्का, ब्युरो सदस्यहरु कमल, अखिल (क्रान्तिकारी)का लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र बिक सँगै सामना परिवारको कलाकार टिम सहभागी छ ।




