काठमाडौं , १२ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियरस एसाेसियसनकाे पहिलाे राष्ट्रिय भेलाले ईन्जिनियर सुरेश कुमार चाैधरीलाई अध्यक्षमा चयन गरेकाे छ ।
काठमाडौंमा सम्पन्न भएकाे भेलाले चाैधरीकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । एसाेसियसनकाे उपाध्यक्षमा रूपकदेव,महासचिवमा सुजन देव, सचिवमा सन्दीप पुरी र काेषाध्यमा सुमित गिरी चयन हुनुभएकाे छ ।
भेलाकाे प्रमुख अतिथि जवस प्रमुख जीवन्त र विशेष अतिथि कर्मचारी महासंघका अध्यक्ष टाेपबहादुर बानिया थिए । एसाेसियसनले भेला मार्फत अाफ्नाे अवधारणा समेत सार्वजनिक गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
