छतमा ट्यांका राखेकाले जन्ती बसमा करेन्ट लाग्दा दुखःद् दुर्घटना, हाम्रो लापरबाही छैन : प्राधिकरण

छतमा ट्यांका राखेकाले जन्ती बसमा करेन्ट लाग्दा दुखःद् दुर्घटना, हाम्रो लापरबाही छैन : प्राधिकरण

  • शनिबार, माघ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौंँ, १२ माघ ।

नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले रासससँग कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताउनुभयो ।
“प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ”, उहाँले भन्नुभयो, “करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का राखिएको र त्यसले नाङ्गो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।”

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआए उहाँले स्पष्ट पार्नुभयो । ‘समाचारमा आएजस्तो प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ,’उनले भने, करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गएको थियो त्यसमा केही भएन तर करेन्ट लागेको गाडीको छतमा ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुंदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।’

सबैला नगरपालिकाले भने प्राधिकरणको लापर्बाहीले घटना भएको आरोप लगाएको छ ।
कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । घाइते छ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ