हुम्लामा पुनः हिमपात

हुम्लामा पुनः हिमपात

  • शुक्रबार, माघ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

हुम्ला, ११ माघ ।

मौसममा बद्ली भएपछि हुम्लालगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पुनः हिमपात शुरु भएको छ ।

हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । सिमकोट विमानस्थलमा हिउँ पन्छाउने कार्य प्रभावित भएको छ । गएको सोमबारदेखि लगातार परेको हिउँ पग्लन नपाउँदै पुनः हिमपात हँुदा यहाँको दैनिकीमा समस्या भएको स्थानीय राजबहादुर बोहराले बताउनुभयो । हिमपातका कारण सवारी साधन अवरुद्ध छ । बजार पनि सुनसान बनेका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामानको समस्या देखिन थालेको सिमकोटका व्यापारीले बताएका छन् ।

हिमपातले हुम्लाको तापक्रम पुनः माइनसमा झरेको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँमा जनजीवन बढी प्रभावित बनाउनुका साथै स्थानीयलाई घरबाट बाहिर निस्कनसमेत समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले जिल्लाको दक्षिण गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालय आज दिनभर बन्द भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ