डा.केसीद्वारा प्रधानमन्त्री ओलीकाे राजिनामा माग

डा.केसीद्वारा प्रधानमन्त्री ओलीकाे राजिनामा माग

  • शुक्रबार, माघ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले शुक्रवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरि डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्री आफ्नै निर्णयबाट विचलित भएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने केशीकाे माग रहेकेा उनका सहयोगी जीवन क्षेत्रीले बताए ।

डा. केसी १७ औं दिनदेखि अनसनरत छन् र उनको तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा. केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख गरिएको छ ।

डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।

डा. केसीका सहयोगी क्षेत्रीले सबै माग पुराभएको भन्ने सकार र सत्तारुढ दल नेकपाको दाबी खण्डन गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ