निर्मला हत्याको ६ महिना पुरा, हत्यारा अझै पत्ता लाग्न सकेन

निर्मला हत्याको ६ महिना पुरा, हत्यारा अझै पत्ता लाग्न सकेन

  • शुक्रबार, माघ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कञ्चनपुर, माघ ११।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुरा भएको छ । हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले भने अनुसन्धानका विभिन्न पाटाका बारेमा अध्ययन भइरहेको जनाएको छ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महिना पुरा भएको छ । उनकोे ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । यसबीचमा घटनाको अनुसन्धानका लागि सिआइबीका ३ र एसपि दुर्गा सिंह नेतृत्वको टोलीसहित आधा दर्जन टोलीले अनुसन्धान गरिसके तर ठोस उपलब्धि भने शून्यजस्तै छ ।

अनुसन्धानका लागि अन्य कुनै प्रमाण फेला पार्न नसकेको प्रहरीले पछिल्लो समय डीएनए परीक्षणलाई अनुसन्धानको सूत्र बनाएको छ । यता तीन महिनाभित्र सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने भएकाले धेरै कामहरु भइसकेको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश भएपछि पनि मुद्दा अगाडी बढ्ने नबढ्ने बारे बताउन नसकिने प्रहरीको भनाई छ । अर्कोतिर प्रहरीले निर्मलाको छिमेकीकै डिएनए परीक्षण गर्न थालेपछि पीडित पक्ष र छिमेकीको सम्बन्ध पनि चिसिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ