लचिलो परराष्ट्र नीति बनाउन सुझाव

लचिलो परराष्ट्र नीति बनाउन सुझाव

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

ललितपुर, १० माघ ।

नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रियहितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बलियो परराष्ट्र नीति बनाउन राष्ट्रिय चाख र कौतुहलताका विषयलाई अघि सार्नुपर्ने सुझाए दिए ।

ललितपुरमा आज आयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सवल र दरिलो बनाउन आवश्यक रहेको बताए । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार, आर्थिक अवस्था र सुरक्षालाई ध्यानमा राखि अघि बढ्दा देश उन्नतितर्फ लम्किने बताउनुभयो ।

“नेपाल गरीब मुलुक भएका कारण अन्य देशसँग आत्मनिर्भर हुनुपर्दा विदेश नीति परिवर्तन गराउन निकै पछि परेको छ”, उहाँले भन्नुभयो, “भारतले नेपालमा तीनपटक नाकाबन्दी गर्दा पनि हामीले सहेर बस्नुप¥यो, किन यहाँ नाकाबन्दी ग¥यौ भनी सोध्ने र सम्झाउने क्षमताको विकास यहाँका नीति निर्माताले गर्न सकेनन् ।”

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले दरिलो विदेश नीति निर्माण गर्न पञ्चशीलको सिद्धान्तलाई आधार मानी राष्ट्रिय सीमासुरक्षामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । “समय र गतिशीलतालाई ध्यानमा राखेर अघि बढ्दा राम्रो विदेश नीति बन्छ,” उहाँले भन्नुभयो, “नेपालका विभिन्न परराष्ट्रविद्सँग बसी परराष्ट्र नीति निर्माण गरे वैदेशिक नीतिमा समस्या हुन्न ।”

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले विदेश नीति तयार गर्दा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । “वर्तमान सरकारको नीतिनियम अलि लचिलो छ, त्यसैले नेपालको ७५ प्रतिशत विदेशी लगानी घटेको देखिन्छ”, उहाँले भन्नुभयो, “कमजोर विदेश नीति निर्माण गर्नेमा नेपाल पाँचौँ स्थानमा झरिसक्यो ।”

नेपालका पूर्वराजदूत डा शम्भुराम सिम्खडाले २०४६ साल पछिको राजनीतिक परिवर्तनले परराष्ट्र नीतिमा प्रभाव पारेको बताउनुभयो । “आन्तरिक राजनीतिक सहमतिलाई अघि सारेर नीति निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपालमा सवल परराष्ट्र नीति निर्माण गर्न सदैव यहाँको संस्कृति र पर्यटनलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । “नेपालको परराष्ट्र नीति दिगो बनाउन छिमेकी मुलुकसँग अझ सम्बन्ध बिस्तार गनुपर्छ”, खरेलले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ