म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेग अन्तर्गत गए राति भएको खेलमा बुर्टनलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम सिटीले लिग कपको फाइनलमा समग्रमा १०–० को जितसहित स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ९–० को जित निकालेको सिटीले बुधबार राति अवे मैदानमा भएको खेलमा १–० को जित निकालेको हो ।

दुई लेगमा गरेर बुर्टनले १० गोल खाँदा एक गोल पनि फर्काउन सकेन । दोस्रो लेगमा सिटीको जितमा २६ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको गोल नै निर्णायक बन्यो ।

इएफएल वा लिग कप वा काराबाओ कपको साबिक विजेता सिटीले यो सिजनको उपाधिका लागि आउँदो फेब्रुअरी २४ मा चेल्सी वा टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ