हिउँमा रमाउदै पर्यटक(फाेटाे फिचर)

हिउँमा रमाउदै पर्यटक(फाेटाे फिचर)

  • बुधबार, माघ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.4K
    SHARES

काठमाडाैं उपत्यका सहित देशका हिमाली जिल्लाहरूमा हिमपात भएकाे छ। काठमाडाैक्ाे चन्द्रागिरि डाँडामा हिमपात भएक्ाे छ भने  मनाङमा पिन भारी हिमपात भएको छ । हिजो दिउँसोदेखि लगातार हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

सदरमुकाम चामेसहित तिमाङ, दानाक्यु, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचोसहित नारफूलगायतका क्षेत्रमा हिमपात भएको हो ।

जाजरकोट कुशेगाउँपालिका ५ पर्यटकीय क्षेत्र पाँचकाटियामा हिउँ परेपछि सेताम्य भएको छ । तस्वीर: हेमन्त केस

मनाङको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

मनाङ पुग्ने पर्यटकसमेत हिमपातका कारण अलपत्र परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी ब्रिज गुरुङले हिमपातका कारण पर्यटकहरु गन्तब्यमा जान रोकिएको बताए ।

हुम्लामा हिमपात हँुदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक ।

अत्यधिक चिसोले साना–साना खोलासमेत जमेका छन् भने धारामा पानी झर्न सकेको छैन ।

केही दिन अघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमाल हिउँले ढाकिएका छन् । हिमपात भएपछि किसान भने खुसी देखिएका छन् ।


सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।
तस्वीर ः गंगराज पण्डित,

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी