ढोरपाटन महिला भलिबल: एपिएफको दोहोरो जित

ढोरपाटन महिला भलिबल: एपिएफको दोहोरो जित

  • मङ्लबार, माघ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काडमाडौँ, ८ माघ ।

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज एपीएफले सेब स्कुल र थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सेटमा हरायो । यसैगरी आजै भएको दोस्रो खेलमा एपिएफले मकवानपुरको थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सेटमा हरायो । जितसँगै एपिएफ नौ अङ्क जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आजै भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई ३१–२९, २५–१९ र २५–२० को सेटमा हरायो । जितसँगै आर्मी १२ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले श्री गाउँलाई २५–८, २५–९ र २५–८ को सेटमा हरायो । पुलिस छ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो विजेताले रु तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुने टोलीले रु ६० हजार, पाँचौ हुनेले रु ४० हजार, छैठौँ हुनेले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ