कालिकोट, ८ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट्राचार, कर बृद्धि, चर्को ब्याजदर लगायतका बिषयले नागरिकको दैनिक जीवनयापन नै संकटपूर्ण अवस्थामा पुगेको भन्दै यस्ता कार्य तत्काल सच्याउन माग गरेको छ ।
ने.क.पा. कालिकोटले आज बिज्ञप्ती निकाले विभिन्न बैंक तथा संस्थाहरुबाट जनतामा ऋण प्रवाहको नाममा जनताबाट असुल्दै गरेको चर्काे ब्याज र कथित स्थानीय सरकारको नाममा चर्काे कर कारण जनताले सास्ती खेप्नुपरेकोले यस्तो समस्याबाट जनतालाई मुक्त गराउन माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले विज्ञप्ति जारी वित्तीय बैंकहरु सेवामूलक भन्दा पनि नाफामूलक भएकोले असुल गर्दै गरेको चर्काे ब्याज तुरुन्त घटाउनुपर्ने, जिल्लामा भइरहेको मदिरा बेचबिखन र सेवन रोकिनुपर्ने लगायतका ७ बुदे माग अघि सारेका छन् ।
यस्तै ने.क.पा.ले कथित स्थानीय सरकारको नाममा विभिन्न बहानामा जनताबाट असुल्दै गरेको चर्काे कर , जनताकै नाम लिएर हुने भ्रमण जस्ता क्षेत्रमा हुने फजुल र सामान खरिद डोजर आतंकमा भइरहेको भ्रष्टाचार, कमिसन र अनियमितता नरोकिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।
सेक्रेटरी रणदिपले विकास निर्माणका लागि जनताको नाममा आएको वजेटमाथि समेत जनप्रतिनिधिको नै पक्षपातपूर्ण व्यावहार बन्द गर्न माग गर्दैै जनसरोकार र जनजीविकाको मुद्धामा ने.क.पा संघर्षरत रहेको पनि जनाएका छन् ।
