हिमपातले जनजीवन प्रभावित

हिमपातले जनजीवन प्रभावित

  • मङ्लबार, माघ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

रुकुम, ८ माघ।

चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व) को उच्च हिमाली बस्तीमा हिमपात हँुदा जनजीवन कष्टकर बन्दै गएको हो ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्रमा हिमपातका साथै चिसो बढेकाले दैनिक कामकाजमा समस्या आएको छ ।

रातभर भएको हिमपातले बस्तुभाउलाई चरण क्षेत्रको अभाव भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो ।

हिमपातकै कारण पुथा उत्तरगङ्गा गाउँपालिकामा सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ