ठूलीमायाको जीवनः १७ वर्षअघि पारालाइसिस भएकी उनी चार वर्षदेखि ओछ्यानमै

ठूलीमायाको जीवनः १७ वर्षअघि पारालाइसिस भएकी उनी चार वर्षदेखि ओछ्यानमै

दैनिक उपचार खर्च पुर्याउनै परिवारलाई मुश्किल

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, ७ माघ ।

ठूलीमाया तामाङको जीवन अहिले पनि ओछ्यानमै बित्छ । उनलाई चौध वर्षअघि प्यारालाइसिसले लडाएको थियो । त्यसबेलादेखि उनको शरीरको दायाँ भाग निस्क्रिय अर्थात चल्न छाडेको हो । त्यसैकारण उनको दायाँ हात र खुट्टाले काम गर्न छाड्यो र ओछ्यानमा परिन् ।

उमेरले ७३ वर्षकी उनी तेमाल गाउँपालिका वडा नम्बर ९ की हुन् । साविकको ठोगाना मेच्छेपौवा–९ हो । सामान्य जीवनयापन गरिरहेकै अवस्थामा उनलाई एकाएक पारालाइसिसले गाँज्यो र थलिइन् । उपचार प्रयास जारी राखिएपनि ठूलीमायाले पुराना स्वस्थ जीवन पाइनन् । बरु शरीरको आधा भाग नचलेकै अर्को नमिठो परिणाम आइलाग्यो । त्यो थियो, त्यही अवस्थाबिच लडेर सग्लो दायाँ हात पनि भाँच्चिन पुग्यो । त्यसको उपचारले परिवारमा थप खर्चको भार थपियो ।

त्यसबेला परिवारले उपचारका लागि शहरका विभिन्न अस्पतालहरुमा पुर्यायो पनि । तर निको उपचार हुन सकेन । मुख बार्ने र सामान्य खानपिनको भरमा उनको जीवन थलिएकै अवस्थामा व्यतित भइरह्यो । तर करिब चार वर्ष अघिदेखि भने उनको शरीरमा एउटा समस्या थपियो । त्यो हो, ओछ्यानपट्टि परेको शरीरको अंग कुहिन र झरेर खाल्डा पर्न शुरु भयो । यसका कारण बन्यो लामो समयदेखि विस्तारामा पल्टिनु । त्यसैको असरले विस्तारापट्टि परेको भाग कुहिँदै गयो । ढाडपट्टिको पूरै भाग बिग्रन शुरु भएको छ भने केही भाग कुहिएर खाल्डा समेत परिसकेको छ । दुईटै खुट्टा पैदलदेखि पूरै भाग सुन्निने र घाउ बन्ने क्रम जारी छ । ठूलीमाया बेडसोरको शिकार भएकी छन् अर्थात साढे ३ वर्षदेखि थलामै छिन् ।

अहिले उनी मुश्किलले बोल्छिन् । उनको स्याहार छोरा प्रेम र बुहारी सुक्रानीले गरिरहेका छन् । बिरामीकोे शरीरमा परेको गहिरो घाऊको सरसफाई पनि उनीहरुले गरिरहेका छन् । सरसफाई र घाउ निको बनाउने प्रक्रिया महंगो पर्ने छोरा प्रेमले बताए । दैनिक ३ हजार देखि ४ हजार रुपैयाँसम्म खर्च लाग्छ । त्यही खर्च जुटाउन परिवारलाई गाह्रो परेको छ । सहयोगी हातहरुले यस परिवारलाई जतिबेला पनि सघाउन सक्छन् । यसनिम्ति प्रेमको मोवाइल नम्बर ९८१८३५२५३२ मा सिधै सम्पर्क पनि गर्न सक्छन् ।

त्यहाँ लगेर लामो समयसम्म आयुर्वेद चिकित्सकको निगरानीमा उपचार गराए । त्यसबाट केही मात्रामा बिसेक पनि भयो र लौरो टेकेर यताउता गर्नेसम्मन भइन् । त्यसपछि घरमा लगेर राखे । त्यहीबिचमा हो लडेर बिरामी दायाँ हात भाँच्चिएको । भक्तपुरको सूर्यविनायकस्थितको अस्पतालमा ल्याएर भाँच्चिएको हात प्लष्टर गरियो र त्यसपछि ठूलीमायाको जीवन थप कष्टकर बन्दै गयो । बिरामीलाई शुरुमा पाटन अस्पताल ललितपुरमा पुर्याए । त्यहाँबाट काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल लैजान सिफारिस गरियो । त्यहाँको उपचारले उनलाई लठ्ठीको साहाराले खुट्टा टेकेर अडिनेसम्मन पनि बनायो । तर उमेर घर्कँदोसँगै उनी थलिँदै गइन् । रोगले उनलाई पूरै गालेको छ । बोली बुझिँदैन । विस्तारामै पनि सहयोगीबिना सिधा बस्न सक्दैनन् ।

उपचारको क्रममै डाक्टरले बरामीलाई घरमै लगेर राख्न र हेरचाह गर्न सुझाए । परिवारले त्यही गर्दै गर्यो । भाँचिएको हात पूरै बाङ्गिएर रुप नै बदलिन पुगेको छ (हेर्नुहोस् तस्बीर) अहिले । बिरामीलाई अहिले भक्तपुरको ब्याँसीमा आफूसँगै राखिएको छ छोराले । अवस्था नाजुक बन्दै गएकोले भक्तपुर ल्याएर राख्दै आएको हो । प्रेम पेशाले थाङका (आर्ट) लेख्छन् । उपचारमा ठूलो धनराशी खर्च भइसक्दा पनि बिरामीको अवस्था नाजुक बन्दै गएपछि प्रेम अहिले चिन्तित् छन् । उनी ऋणको भारीमा थिचिएका छन् । अहिले दैनिक सरसफाई र औषधि लगाउने उनलाई धौधौ परेको छ । थाङका बजार निकै खस्केको अवस्था छ । दैनिक उपचार खर्चमा केही सहायता मिलेमा उनलाई ठूलै राहत दिलाएजस्तो हुने स्थितिछ । आम्दानीको अन्य कुनै स्रोत छैन ठूलीमायाका परिवारसँग ।

त्यसैले उनले दानी हातको सहायता खोजेका छन् । उनलाई सहयोग गर्न इच्छुक व्यक्तिले उनलाई सम्पर्क गर्न सक्नेछन् । ‘सास रहुन्जेल बचाउनु मानव कर्तव्य हो । के गर्नु खर्चले कङ्गाल बनायो । सहयोगी हातहरु मिलेमा बिरामीको घाऊमा मलमको काम गथ्र्यो’ भावुक हुँदै छोरा प्रेमले मिर्मिरे अनलाइनसँग भने । अहिलेसम्म उपचारकै क्रममा २० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको प्रेमले बताए ।

सरकारले नै पारालाइसिसका बिरामीको उपचार निःशुल्क गराउनुपर्ने पाल्देन लामाको तर्क छ । ‘पारालाइसिस जीवनको लागि घातक रोग हो । तर सरकारलाई वास्तै छैन’ उनले भने ‘सरकारको नजरमा नपरेकै कारण यो रोगबाट पीडित दुःखी परिवारको हालत अत्यन्तै नाजुक बन्दै गएको हो ।’ यस्तो जोकोही पर्न सक्ने र अहिले प्रेमको परिवारलाई सहयोगको आवश्यकता रहेको पाल्देनले बताए ।

ठूली मायाको तीन छोरी र दुई छोरा छन् । प्रेम जेठा हुन् । प्रेम ४ वर्षका छँदै बाबु विष्णुको निधन भएको थियो । त्यसपछि ठूलीमायाले नै कठिनतम् दुःखले सन्तान हुर्काइन् । तर उनी स्वयम् यतिखेर उपचार खर्च अभावको शिकार बनेकी छन् । उनको लागि राज्य नभएसरह भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ