रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’, धेरै हल्ला भएकाले छिट्टै बिहे गर्याैः निकिता

रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’, धेरै हल्ला भएकाले छिट्टै बिहे गर्याैः निकिता

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

७ माघ, काठमाडौं । श्रीमती ईशा श्रेष्ठसँग डिभोर्स गरेलगत्तै सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका छन्।

रवि र निकिता केही महिनादेखि प्रेममा रहेपनि सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । तर साेमवार रवीले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेकाे फेसबुकमा सार्वजनिक गरेका छन् ।

दुवैले सोमबार मध्यान्न काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन् । निकिता र रविले आफ्नो सामाजिक सञ्जाल मार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।’

निकतासँग बिहे गर्ने चर्चा चलेसँगै रवीले पूर्वपत्नी ईशा श्रेष्ठलाइ आफूलाई डिभोर्स दिएका थिए ।

उनले बिहेबारे फेसबुकमा लेखेका छन्,  यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् ।

उता निकिता पनि भनेकी छन्, ‘हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौँ,’ ‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’

पौडेलले परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ