विद्यार्थी परिषदको मिसन साहसी : वीरगञ्जमा सुरु

विद्यार्थी परिषदको मिसन साहसी : वीरगञ्जमा सुरु

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

पर्सा, माघ ७ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले महिला आत्मरक्षा र आत्मविश्वास वृद्धिका लागि वीरगन्जमा ‘मिसन साहसी’ कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

मुलुकमा बढदो बलात्कार, हत्या हिंसा जस्ता जघन्य अपराधका घटनाहरुको न्युनिकरणको लागि विद्यार्थी परिषद्को वीरगन्ज नगर एकाइले वीरगञ्जमा मिसन साहसी अभियान सञ्चानल गर्न लागेको हो ।

त्यसका लागि प्रशिक्षकहरुको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जसमा ५० जना छात्राहरु सहभागी भएका छन् । उनीहरुलाई नेपाल प्रहरीकी उपरीक्षक किरण बज्राचार्य लगायतका प्रशिक्षकले प्रशिक्षण दिनु हुनेछ ।

प्रशिक्षित छात्राहरुले महानगरका सामुदायिक र संस्थागत गरी ५० विद्यालयका कक्षा ७ देखि ९ सम्मका छात्राहरूलाई प्रशिक्षित गर्ने छन् ।

मिसन साहसीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषदकी प्रदेश नम्बर २ की अध्यक्ष लक्ष्मी कर्णले हिंसा एवं दुव्र्यवहारका विरुद्ध लड्न शारीरिक तथा मानसिक रुपले मनोबल बढाउन मिसन साहसी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मिसन साहसीकी संयोजक डा. सुषमा तिवारी द्विवेदीले आफूहरुमाथि हुने दुव्र्यवहारविरुद्ध लड्न सम्पूर्ण तबरले सक्षम बनाउनु यस कार्यक्रमको उद्धेश्य भएको बताउनु भयो ।

छात्राहरुको आत्मविश्वास र आत्म रक्षाको लागि मिसन साहसी नामक राष्ट्रव्यापी अभियान सुरु गरेको विद्यार्थी परिषद्ले यस अघि चितवन, गैंडाकोट भैरहवा लगायतका स्थानमा मिसन सञ्चालन गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ