अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध

अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ७ माघ ।

प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध गर्नुभएको थियो । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा अझै निर्णय नभएको भन्दै आपत्ति जनाउनुभयो । उपनेता गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल सङ्घीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएको भनी गुनासो गर्नुभयो ।

देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उहाँले सोबारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

आफ्नो पार्टीका नेताका नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको आरोप लगाउँदै उपनेता गच्छदारले भन्नुभयो, “दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।”

सरकारले भने लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा योगदान गर्ने व्यक्तिका नाममा स्थापित संस्थालाई तलमाथि गर्ने कुनै निर्णय नभएको भनी यसअघि नै स्पष्ट पारिसकेको छ । उहाँको वक्तव्यलगत्तै प्रमुख प्रतिपक्षी काङ्ग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षीको अवरोधपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ