नेपाली महिलालाई अवैध रुपमा खाडी पुर्‍याउने गिराेहका एक जना दिल्लीमा पक्राउ

नेपाली महिलालाई अवैध रुपमा खाडी पुर्‍याउने गिराेहका एक जना दिल्लीमा पक्राउ

  • सोमवार, माघ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, माघ ७ । नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पुर्‍याउने गिरोहका एक सदस्य नेपालकै लोप्साङ लामालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले मानव तस्कर गिरोह पक्राउ गर्नका लागि स्पेशल टिम परिचालन गरेको थियो । लामो समयदेखि फरार रहँदै आएका लामालाई सो टिमले पिछा गरेपछि उनी यमुना नदीमा हाम फालेर भाग्न खोजेका थिए । तर दिल्ली प्रहरीकै एक सदस्य मनोज त्यागीले यमुना नदीमै हाम फालेर उनलाई पक्राउ गरेको जनाइएको छ ।

२५ जुलाई २०१८ मा दिल्ली महिला आयोग प्रमुख स्वाती मालीवालको अगुवाईमा दिल्लीको वसन्त बिहारमा छापा मारेर १६ नेपाली महिलालाई उद्धार गरेको थियो । गत वर्ष अगस्टमा समेत दिल्लीका विभिन्न स्थानमा छापा मारेर ३९ नेपाली महिलालाई उद्धार गरिएको थियो । खाडी मुलुक पठाउन एउटा कोठामा राखिएका उनीहरुलाई उद्धार गरेलगत्तै लामा फरार रहँदै आएको दिल्ली प्रहरीको भनाइ छ ।

प्रहरीले लामाको बारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा समेत गरेको थियो । दिल्ली प्रहरीका अनुसार विभिन्न प्रलोभन देखाएर नेपालबाट सोझा महिलालाई खाडी मुलुक पठाउने र प्रतिव्यक्ति ५० हजार रुपैयाँको औसतमा रकम असुल्दै आएका थिए ।

लामाले हालसम्म दुई दर्जनभन्दा बढी नेपाली महिलालाई खाडी मुलुक पठाइसकेको बताइएको छ । पक्राउ परेका लामाको ठेगाना भने खुलाइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ