भद्रपुरका सुकुम्वासीकाे वैकल्पिक व्यावस्थापनबिना घर भत्काइए कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी

भद्रपुरका सुकुम्वासीकाे वैकल्पिक व्यावस्थापनबिना घर भत्काइए कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

झापा, ६ माघ । नेपाल कम्युनिस्ट पार्टीले झापा भद्रपुरको मेची किनारमा बसोबास गर्ने सुकुम्वासीको वैकल्पिक व्यावस्था बिना घर नभत्काउन आग्रह गरेको छ ।
भद्रपुर नगरपालिले मेची किनारमा बसोबास गरिरहेका सुकुम्वासीहरुको ८६ घर झुपडी हटाउनको लागि सुचना जारी गरेपछि नेकपा झापाले वैकल्पिक व्यावस्थाबिना उनीहरुलाई उक्त स्थानबाट नहटाउन आग्रह गरेको हो ।
नगरपालीकाले जारी गरेको सुचना प्रती नेपाल कम्युनिस्ट पार्टी भद्रपुर नगर समितीले बिज्ञप्ती जारी गरेर बिना विकल्प सुकुम्वासीलाई घरबारबिहिन बनाईए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।
आज नेकपा भद्रपुरका सेक्रेटरी प्रबिण मिश्रले बिज्ञप्ती प्रकाशीत गर्दै लामो समय देखि त्यस स्थानमा बसोबास गर्दै आएका सुकुम्वासी गरिबहरु माथि नगरपालिकाले यसरी दमन गर्न खोज्नु गलत भएको भन्दै बस्ति खालि गराउनुपूर्व सुकुम्वासीहरुको उचित र बैकल्पिक बसोबासको ग्यारेन्टी गर्न माग गर्नुभएके हो ।
अहिलेको राज्य दलालको सेवक बनेर गरिब सुकुम्वासीहरुको जीवन लथालिङ्ग पार्न उद्धत हुँदै आएको हुनाले यस्तो कृयाकलापले द्वन्द चर्कने विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा भनिएकोछ, सुकुमबासीहरु माथि दमन गर्दा आफ्नो पार्टिले अन्यत्र स्थानमा गरेको कडा प्रतिरोध जस्तै पुन कडा प्रतिरोध गर्नु पर्ने स्थितिमा पार्टिलाइ नपुर्याउन पनि सचेत गराउदछौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ