पत्रकार महासंघ काठमाडौंद्धारा पक्राउ पत्रकार रिहाईको माग

पत्रकार महासंघ काठमाडौंद्धारा पक्राउ पत्रकार रिहाईको माग

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, ६ माघ ।
नेपाल पत्रकार महासंघ काठमाण्डौले विवेकशिल नेपाली पार्टीकी नेतृ रन्जु दर्शना (अधिकारी)को बिषयमा समाचार लेखेको कारण पक्राउ परेका पत्रकार सुमन अधिकारीलाई रिहा गर्न माग गरेको छ ।
महासंघका सचिव मोहन तन्तले आईतवार विज्ञप्ती निकालेर क्यापिटल हेडलाईन डटकमका पत्रकार सुमन अधिकारीलाई पक्राउ गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउर्दै रिहा गर्न माग गरेका हुन् ।
कुनैपनि प्रकाशित समाचारबारे गुनासो र असन्तुष्ट भएमा प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी प्रावधान हुँदाहुँदै राज्यले विद्युतीय कारोबारअन्तर्गतको कानूनलाई अगाडि सारेर पक्राउ गरि मुद्धा चलाउनु सिंगो प्रेस जगतमाथि ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
साथै प्रेस काउन्सिल तथा सूचना विभागमा समेत सूचिकृत उल्लेखित अनलाईनमा दर्शनासम्बिन्धि साभार समाचारको बिषयमा सत्यतथ्य बुझ्न र संबैधानिक प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आगह समेत गरेको छ ।
रन्जु दर्शनाको चरित्र हत्या हुनेगरी समाचार लेखिएको भन्दै अधिकारी सँर्ग अर्का पत्रकार मुक्तिखबर डटकमका सञ्चालक श्याम रोका समेत पक्राउ परेका छन् ।
पत्रकार महासंघ काठमाण्डौले पत्रकार अधिकारी रिहाईको माग गर्दै विज्ञप्ती निकालिएको छ। अधिकारी महासंघको काठमाडौं शाखाका सदस्य हुन् । उता अन्य पत्रकार संघ, संघठन तथा सरोकारवालाले भने पक्राउ परेका दुबै पत्रकार अधिकारी र रोकालाई रिहा गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ