यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा, राष्ट्रिय टीममा एकसाथ चार युवाको प्रवेश

यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा, राष्ट्रिय टीममा एकसाथ चार युवाको प्रवेश

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

६ माघ, काठमाडौं । यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टिममा एकै पटक चार युवा क्रिकेटरले प्रवेश गरेका छन् ।
जसमा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा रहेका छन् ।

पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा प्रदिप ऐरी र विनोद भण्डारी ,बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र आरिफ सेख छन् ।
भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले भने अस्वस्थताका कारण नाम फिर्ता लिएका छन् । यस्तै ललित भण्डारी, सुसन भारी र विक्रम शोव भने वैकल्पिक खेलाडीमा परेका छन् । पर्सि यूएई जाने नेपाली टोलीले पहिलो खेल शुक्रबार खेल्ने छ ।
एकै पटक चार जना राष्ट्रिय टिममा परेपछि नेपाली क्रिकेट टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । सन्दीप जोरा र भीम सार्की ब्याट्सम्यान हुन् । यी दुबै खेलाडी मध्यक्रममा आएर ब्याटिङ गर्ने गर्छन् । पवन सर्राफ भने अलराउण्डर हुन् ।
अग्रपंक्तिमा ब्याटिङ गर्न आउने पवन राम्रो बलिङ पनि गर्छन् । त्यस्तै, अविनाश बोहरा मिडियम पेस बलर हुन् ।
चारै जना खेलाडीले यु–१९ क्रिकेट टिमबाट पनि खेलिरहेका छन् । भीम सार्कीले पोखरा प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अर्धशतक बनाएका थिए । त्यस्तै, सन्दीप, पवन र अविनाशले पीपीएलसँगै ईपीएलमा पनि राम्रो प्रदर्शन गरेका थिए ।
योसँगै यु–१९ क्रिकेट टिमका पाँच जना खेलाडीले नेपाली सिनियर टिममा स्थान पाएका छन् । यसअघि नै रोहितकुमार पौडेल भने सिनियर टिमबाट पनि खेल्दै आएका छन् । उनी पनि अहिले यु–१९ टिमकै सदस्य हुन् ।
युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।
नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।
एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ