रामेछापको मच्छेडाँडीमा अरनिको यातायातको बस दुर्घटना हुँदा दुईको मृत्यु

रामेछापको मच्छेडाँडीमा अरनिको यातायातको बस दुर्घटना हुँदा दुईको मृत्यु

घाइते १७ मध्ये ३ को अवस्था गम्भीर

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

रामेछाप, ६ माघ ।

मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आइतबार दिउँसो एक यात्रुबाहक बस दुर्घटना हुँदा दुईजना यात्रुको ज्यान गएको छ ।

ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौंतर्फ गइरहेको बा४ख४२१० नम्बर अरनिको यातायातको यात्रुवाहक बस सुपर एक्सप्रेस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका निरोज भुजेलको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै निधन भएको हो भने अर्को यात्रु ओखलढुङ्गा जिल्ला फुलबारीका वर्ष ३६ का ओम कार्कीको मृत्यु दुर्घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना ब्रेक फेलबाट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते हुनेहरुमा रामेछापका गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल, ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिनामाया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत छन् ।

घाइतेहरुको अहिले सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बस ओरालो कालोपत्रे सडकमा गुडिरहेको अवस्थामा दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ