खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

  • शनिबार, माघ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धनगढी, ५ माघ ।

‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । पुलिसको जीतमा एक मात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले प्रहार गरेको कर्नरमा अभिषेक रिजालले गोल गरेका थिए ।

खेलमा निर्णायक गोल गरेका फाइन प्रतिस्पर्धाका अभिषेक ‘म्यान अफ दी म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । विजेतासँगै पुलिसले रु २१ लाख पुरस्कार पाएको छ । उपविजेता थ्री स्टारले रु दश लाख प्राप्त गरेको छ ।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले मोफसलको प्रतियोगिता जित्ने लक्ष्यसहित खेलिएकाले उपाधि जित्न सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिताको विधागत उत्कृष्टतर्फ पनि पुलिसको नै वर्चस्व देखियो ।

नेपाल पुलिस क्लबका नै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा अनन्तराज थापा, उत्कृष्ट डिफेण्डरमा अजित भण्डारी र उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरी घोषित भई पुरस्कृत हुनुभयो । उत्कृष्ट मिडफिल्डरमा रुस्लान थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदियमान खेलाडी सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भई पुरस्कृत हुनुभयो ।

प्रतियोगिता अवाधिभर तीन गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभयो । व्यक्तिगत विधातर्फ सबै विजेतालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता डा आरजु राणा देउवा, राष्ट्रिय खेलकूद परिषद्का (एन्फा) महासचिब इन्द्रमान तुलाधर, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ