काठमाण्डौ ।
अन्तराष्ट्रिय हरियाली मन्च नेपालको अध्यक्षमा सुलोचना मगर निर्वाचित भएकी छन् । पहिलो महाअधिबेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहदै आएकी छन् ।
अधिवेशनले उपाध्यक्षहरुमा धनबीर राई, हेन्खामा साङ्मेन राई, जन्मजय साङपाङ, कोषाध्यक्षमा जयन्ती लावती, सह कोषाध्यक्षमा सरिता लावती, सचिवमा सम्पदा योङ्या र सहसचिवमा सुनिता राईलाई चयन गरेको छ ।
यसैगरी, सदस्यमा उमेश राई, र रश्मी राई चयन भएको क्लवका संस्थापक अध्यक्ष रमेशचन्द्र राईले बताए । संस्थापक अध्यक्ष राई अभिनेता तथा फिल्म प्रोड्युसर हुन् । उनको अगुवाईमा २०७३ मा यो क्लव स्थापना भएको हो ।
राजधानीमा भएको अधिवेशनमा भाग लिन ताप्लेजुङ जिल्ला कार्य समितिको प्रतिनिधित्व गर्दै कमल खड्का र संगीता मादेन, झापा जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै हिलिहाङ लिम्बू र सन्तोष लिम्बू, सुनसरीको प्रतिनीधित्व गर्दै, मनि काङमाङ र रेश्मी मोक्तान र पाँचथरको प्रतिनीधित्व विवेक लिम्बू र विष्णु चाम्लिङ आएका थिए । क्लवका संस्थापक संरक्षक केशवराम राई हुन् । मन्च स्थापनाकालेदेखि खेलकुद, वातावरण क्षेत्रमा काम गर्दै आएको छ ।
सन् २०१५ मा सयौं भुकम्प पीडितलाई आर्थिक तथा भौतिक सहयोग पुर्याएको यो क्लव त्यतिबेला देखिनै चर्चामा आएको हो ।