जनसत्ताले अब नेपालका थुप्रै तस्कर, भ्रस्ट्रचारी र माफियाहरुकाे अन्त्य गर्नेछ- सुमनसिंह पौडेल

जनसत्ताले अब नेपालका थुप्रै तस्कर, भ्रस्ट्रचारी र माफियाहरुकाे अन्त्य गर्नेछ- सुमनसिंह पौडेल

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

यतिबेला देश बराल्लिएको छ । किन भने देश र जनताको जीवन र भविस्यलाइ अगाडि बढाउने जिम्मेवारी पाएको सरकार थेत्तरो, भ्रस्ट, तस्कर, गिरोह आंफै बनेपछी देश बराल्लिनु स्वभाविक छ । भन्नलाई त सरकार आंफुलाइ समाजबादी कम्युनिस्ट सरकार भनिरहेको छ । तर भित्तामा हंसिया हतौडा अंकित झण्डा, मार्कस र लेनिनका फोटो र कम्युनिस्ट नाम राख्दैमा कम्युनिस्ट पार्टी मान्न सकिदैन ।
कम्युनिस्ट पार्टी हुनलाई दर्शनमा भौतिकबादी, राजनैतिक सत्तामा बैज्ञानिक समाजबादि र अर्थप्रणालिमा अतिरिक्त मुल्यको सिदान्त लाई दरो संग पकडेको र त्यस अनुरुपका ब्यवहारलाइ स्थापित गर्न पुंजिबादलाई बिस्थापित गर्नु पर्ने र त्यसको निम्ति सर्वहारा श्रमजिवीहरुको अधिनायकत्व कायम राख्नलाइ बल प्रयोगको सार्वभौम स्थापित मुल्यलाइ आत्मसात गर्नु पर्ने हुन्छ ।
यस्ता कुरा आजको मितिमा केपि र पिके वाला आइटमहरुलाइ कतै शोभनिय छैनन । भौतिकबादको स्थानमा चरम अध्यात्मिक बन्दै मन्दिर चर्च कुदिरहेका मात्र होइनन होलि वाइन भनेर मुत खाएको काण्ड सेलाएकै छैन । बैज्ञानिक समाजबादी सत्ताको बिसय दुरको कुरा भयो त्यसको ठांउमा दलाल पुंजिबादको असली सेवक बनेर काम गरिरहेको बिसय उनिहरुको ब्यवहार बाट छिपेको छैन । अतिरिक्त मुल्यको सिदान्तले भने जस्तै एकजोर जुत्ता बनाउन २०० मजदुर पारिश्रमिक, १०० मेसिन र प्राबिधिक मुल्य, २०० कच्चा पदार्थ लगानी गरेर जम्मा ५०० मा तयार गरेको जुत्ता १००० मा बेचिन्छ भने त्यांहा ५०० अतिरिक्त मूल्य भयो । त्यो अतिरिक्त मुल्यनै सोसण हो । त्यसको अन्त्य गर्न समाजबादी अर्थनिती लागू गर्नु पर्छ । ब्यवहारमा दलाल निगम पुंजिबादको सेवक बनेको यो सरकारको धरातल कहाँ हो लामो व्याख्या गर्नु पर्छ जस्तो लाग्दैन ।
तर आजको मितिमा केपि पिके आइटमहरुको राम राज्यमा अतिरिक्त मूल्य मात्र होइन त्यो भन्दा माथी सोच्नै नसक्ने गरि सोसण भैरहेको छ । श्रमजिवि किसान मजदुर र सुकुमबासिको अधिनायकत्व रहेको राजनैतिक सत्ता निर्माणको कुरा त धेरै परको बिसय भयो अहिले यी आइटमलाई गरिबहरुको नाम लिन पनि महङ्गो हुन थालेको छ । यिनिहरुको सरकारी राजमा जिम्लेर बसेका सुरक्षा बलको प्रयोग जनता बिरुद्ध गर्न थालेका छन सायद यहि होला यिनिहरुको बलप्रयोग । त्यसैले कुनैपनी मानेमा यिनिहरु कम्युनिस्ट होइनन र यिनिहरुको निरन्तरको प्रचार र व्यबहार असलमा यो देशलाइ दलाल र पुंजिपतीहरुको स्वार्थको बन्दक बनाइराख्ने दिशामा छ ।
जहाँ अन्याय हुन्छ त्यंहा बिद्रोह हुन्छ जहाँ दमन हुन्छ त्यांहा प्रतिरोध हुन्छ । अहिले नेपालमा बिद्रोह र प्रतिरोध संगै संगै अगाडि बढेको स्पस्ट छ । जब सम्म बर्ग रहन्छ तब सम्म त्यंहा बर्ग संघर्ष हुन्छ त्यस्तै नेपालमा दलाल बर्ग र श्रमिक बर्ग बिचको विभेद जब्बर रुपमा अगाडि आएको छ । यसर्थ यहाँ संघर्षको सम्भावना मात्र होइन त्यसको उत्कर्स निर्मम भएर अगाडि बढ्ने देखिएको छ । स्वभाविक छ यसको नेतृत्व कम्युनिस्ट पार्टिले गर्नु पर्ने छ त्यो पनि उत्तर साम्राज्यबादी र साम्राज्यबादी तत्वका कठपुतली बनेर दलालहरुको खातिरदारी गरिरहेको कथित कम्युनिस्ट पार्टिको बिरुद्धमा । रोचक त यंहानेर छ हिजो क्रान्तिको नेतृत्व गर्नेहरु प्रतिक्रान्तिकारी बनेर वर्गसंघर्षको घाँटी निमोठ्न न्वारान देखिको बल निकालेर लागेका छन र उनिहरुले यसको निर्मम सजाय निकट भविस्यमै भोग्नु पर्दै छ ।
जनताको आफ्नो भन्ने केही छैन र आफ्नाहरु कोहि छैनन यो सत्य होइन । जनताहरुको बिचमा नेपाल कम्युनिस्ट पार्टी छ र आफ्नाहरु जनमुक्ती सेना र इमान्दार नेता कार्यकर्ताहरु यहाँ छन । जसले सरकारी जाली कम्युनिस्ट बिरुद्ध रगत बगाएर छिनोफानो गर्ने निश्चित छ । काला कांग्रेसहरुको कर्तुतपनि यहाँ सामन्य रहने छैन । उनिहरुपनि मौकाको पर्खाइमा जनता लुट्नेनै दाउमा छन । अवसर पाए यिनिहरुले कम गर्ने छैनन तर सायद अहिलेको यो कथित कम्युनिस्ट जस्तो ठूलो भ्रम त्यति बेला भने रहने छैन । अहिले केपि र पिके आइटमका थुप्रै बहुरङ्गी खलपात्रहरुको भ्रमबाट मुक्त बनेर उनिहरुका सबैखाले दमन र सड्यन्त्र लाई परास्त गर्नु पर्ने दायित्व हामी जनता माझ आएको छ ।
अब जन संघर्ष, जनप्रतिरोध र जनकारबाहीहरु तिब्र बनेर जानेछन । किनकि यतिबेला सबै तिरबाट आक्रान्त बनेका जनताको चाहाना यहि छ । काण्डै काण्डबाट घेरिएको राजनिती र कथित सरकारको दलाली चरमचुलिमा पुगेको छ । यो कहिले चोभारमा गएर बन्दरगाहा भन्ने नाममा प्रतिबिम्बित हुंदैछ, कहिले सुकुमबासिको झुपडिहरुमा डोजर लगाएर, कहिले जनताहरुको नारकिय जिवनलाइ रमाएर हेर्ने कथित भ्यु टावर निर्माण गर्ने ललिपप खुवाएर, कहिले एनसेल काण्ड, कहिले वाइडबडि काण्ड, कहिले नदिनाला भारतलाई सुम्पेर, कहिले मोदि सुटमा ठांटिएर, कहिले भ्रस्टाचारिको संरक्षण गरेर, कहिले गोबिन्द केसिको नाममा अहिलेको सरकार समृद्धिको कथित शिखर उक्लिरहेको छ । सायद यो उक्लाइ मान्छेको जंगलमा छोडेका जनवारहरुको निर्मलाहरु माथी पसुवत, निकृस्ट र अपराधिक उक्लाइ भन्दा कम छैन । वास्तवमा अहिलेको तथाकथित कम्युनिस्ट पार्टी र सरकारको समग्र समृद्धिको नमुना यहि हो भन्दा खासै फरक नपर्ला ।
राणाहरुको चर्को दमन र अन्याय सहन गर्न नसकेका नेपाली जनताले राणाहरु लाइ ठेगान लगाए । निर्दलिय पंचायतका पंचहरु र राजाहरुको हुकुम जनताले टेर्न मानेनन, पंचायत फ्यांके । राजाहरुको लामो शासन र त्यसबाट प्रताडित नेपाली जनताले समयक्रममा राजसंस्थाको उन्मुलन गरेर आफ्नो किर्तिमान कायम गरे । हरेक कुराको समय आउँछ, समय आएपछी आन्दोलनको बिकास र उत्कर्सलाई कसैले रोक्न सम्भव हुंदैन यो ईतिहास सिद्ध कुरा हो । संसार भर भएका अहिले सम्मका न्यायपुर्ण संघर्षहरुले यी कुराहरुलाइ पुष्टि गर्दै आएका छन । अब समय दलाल पुंजिवादी सत्ताको संकटले निम्त्यायका तमाम समस्याहरुको सामधानको निम्ति बैकल्पिक सत्ताको आवश्यकता छ भन्ने यथार्थ हाम्रो अगाडि समुपस्थित भएको छ । र त्यो भनेको समाज बिज्ञानमा बैज्ञानिक समाजबाद हुँदै साम्यवाद हो ।
यो बैज्ञानिक समाजबादी सत्ता प्राप्तिको निम्ति बस्तुगत वातावरण जनताको पक्षमा छ । यो परिस्थितिको राम्रो मूल्याकंन गरेर बिचार र कार्यक्रममा नंया आयाम सहित अगाडि आएको एकीकृत जनक्रान्ती र सो कार्यदिशालाइ अगाडि बढाइ रहेको नेतृत्वदायी पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको बिचमा छ । अब कथित कम्युनिस्ट पार्टी र केपि पिके आइटम वालाहरुको भ्रमको ब्यवाहारिक चिरफार आन्दोलनले गर्नेछ । आन्दोलनको दिशा स्पष्ट भएर गएको छ भन्ने बिसय पछिल्ला बहस, अन्तर्कृया, टिप्पणी र जनताहरुको साथ समर्थन, जिज्ञासा र सुझाबहरुले पुष्टि गरिसकेको छ ।
भारतिय साम्राज्यबादको दादागिरी नेपाल प्रती बिगत ईतिहास देखिनै रहंदै आएको छ । भारतिय सत्ताको गोटि बनेर रास्ट्र र जनताको दलालि गरिरहेका नेपाली दलालहरुको रास्ट्र घात, जनघात र दलालि यो मुलुकको निम्ति अभिसाप हुँदै आएको छ । अब यो मुलुकमा मुख्य लंडाइ रास्ट्र घाती र रास्ट्रबादी बिच, दलाल पुंजिपती र रास्टृय पुंजिपती बिच , दलाल संसदिय सत्ता र श्रम जिवि सर्वाहारा जनताहरु बिच हुने कुरामा मत बिभाजित छैन । रास्ट्रबादी, रास्टृय पुंजिपती बर्ग, मध्यम बर्ग र श्रमिक बर्ग बिचको ध्रुबिकरण दलाल पुंजिबादी संसदिय सत्ता बिरुद्धको आन्दोलनको उत्कर्स रुपमा प्रकट हुने छ त्यो पनि निकट भविस्यमै । एक पटक यो देशमा उत्तर कोरियाले अमेरिकन उत्तर साम्राज्यबादी सत्ता बिरुद्ध मिशाइल सन्तुलन कायम गर्दै राजनैतिक रुपमा श्रेस्ठता हांसिल गरे जस्तै न्याय प्रेमी नेपालि जनताले नजिकैका रास्ट्रघातीहरु बिरुद्ध फौजी सन्तुलन कायम गर्दै बैज्ञानिक समाजबादी सत्ताको श्रेष्ठता दर्ज गर्ने छन त्यो पनि निकट भविस्यमै ।
तर यहाँ दमनको बिरुद्ध जनताले निर्मम प्रतिरोध गर्ने छन । बलिदान दिन फेरि तयार हुने छन तर दलालहरु बिरुद्ध शतिसाल भएर उभिनेछन । टोल टोल बाट जन बिरोधिहरुलाइ कार्वाही हुने छ । थुप्रै तस्कर भ्रस्टचारी र माफियाहरु मारिने छन । राजनैतिक दलालि गर्ने र जनतालाइ बन्धक बनाउने हरुलाइ सार्वजनिक स्थानमा लगेर जनताको चाहाना बमोजिम दण्ड दिइने छ । दलाल पुंजिको पहिचान गरेर कार्वाही गरिने छ । गाउँ र शहरमा जनसत्ता चल्ने छ । जनता रास्ट्रमाथी स्वाधिनता र आत्मा सम्मान बिरुद्ध गरिने जुन कुनै सड्यन्त्रहरुको मुकाबिला जनताले गर्ने छन । निकट भविस्यमै आफ्नो जीवन बंचाइदिन माग गर्दै जिवनको भिख मागेर थुप्रै खुरापातिहरु घिट्घिटाउने छन । बैज्ञानिक समाजबादि सत्ताको अनिवार्यता स्पष्ट छ । यो दिशामा अगाडि आएको एकीकृत जनक्रान्तीको आगो भर्भराउदैंछ । घाम तापेर नबसौं सबै आ आफ्नो स्थानबाट उठौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी