धरान, ४ माघ । प्रहरीले शुक्रवार धरान ५ नम्बर वडाध्यक्षको जेसिबी पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय धरानले अवैध रूपमा खोला उत्खनन् गर्ने क्रममा जेसिबी पक्राउ गरेकेा हाे ।
विशेष सूचनाको आधारमा धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गागिट्टी निकाल्ने गरेको अवस्थामा वडाध्यक्ष सन्तोष लिम्बूको को १ क २४३४ नम्बरको जेसिबी पक्राउ गरेको हो । पक्राउ परेको जेसिबीलाई कारबाहीको लागि प्रहरीले सेक्टर वन कार्यालय धरान तीनकुनेलाई जिम्मा लगाएको इप्रका धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिनुभयाे ।
जेसिबीका चालक र टिप्पर भने भागेको डिएसपी तिम्सिनाले बताउनु भयाे । अँधेरी खोला राष्ट्रपति चुरे क्षेत्र अन्तर्गत पर्ने भएकाले उक्त खोलामा ठेक्का लगाइदैन तर वर्षेनी उक्त खाेलाबाट अबैध खाेला तथा ढुंगा उत्खनन गरिरहेकाे अवस्थामा ट्याक्टरलगायतका सामग्री पक्राउ पर्ने गरेका छन् ।लामाे समयदेखि प्रतिबन्धित क्षेत्रबाट ढुंगा उत्खनन् हुने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।प्रतिबन्धित क्षेत्रबाट अहिलेसम्म कराेडाै मुल्यकाे ढुङ्गाहरू उत्खनन् गरिएकाे स्थानीय बताउछन् ।
उक्त गुनासोका आधारमा वडाध्यक्ष लिम्बूलाई इप्रका धराननै बोलाएर उत्खनन् नर्गनका लागि समेत अाग्रह गरिएकाे डिएसपी तिम्सिनाले बताउनु भयाे । पक्राउ गरिएको जेसिबीलाई वन ऐन २०४९ अनुसार कारबाही गरिने सव डिभिजन वन कार्यालयका रेञ्जर ईश्वरी बास्तोलाले जानकारी दिनुभयाे ।
यता वडाध्यक्ष लिम्बूकाे भने खोलामा तारजाली लगाएको क्षेत्रमा पुर्न गएको बेला प्रहरीले नियतवश आफ्नो जेसिबी पक्राउ गरेको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline