महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने

महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पोखरा, ४ माघ

दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल टे«निङ सेन्टरमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवले प्रदेश नं ३ माथि ३–२ को रोमाञ्चक जित निकाल्यो । कोपिला उप्रेतीको कप्तानी कोर्टमा उत्रिएको पुलिसले स्टार खेलाडी प्रतिभा मालीको प्रदेश नं ३ विरुद्ध पहिलो सेट १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रदेश नं ३ ले तेस्रो सेट २५–२३ ले कब्जा जमाएर २–१ को अग्रता लियो । दबाबमा परेको पुलिसले प्रदेश नं ३ लाई स्तब्ध बनाउँदै चौथो र पाँचौँ सेट २७–२५ र १५–७ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भएको हो । अर्को सेमिफाइनल प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम टोलीले रु तीन लाख ५० हजार, दोस्रोले रु एक लाख ७० हजार, तेस्रोले रु एक लाख र चौथोले सान्त्वनास्वरुप रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ