एग्रो टाइम्स कृषि अवार्डले किसानको मनोबल बढाउछ: सापकोटा

एग्रो टाइम्स कृषि अवार्डले किसानको मनोबल बढाउछ: सापकोटा

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

प्रतिष्पर्धी बजारलाई चाहिने किसीमको जनशक्ति तथा तिनको तालिम, ज्ञान, सिपलाई उत्पादनमुलक बनाउन सकेको खण्डमा मात्रै कृषिको दिगो विकास हुन सक्छ भनिरहने एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटा लामो समयदेखी कृषिको पत्रकारीता गरीरहेका सापकोटा कृषि टेलिभिजन, काष्ठमाण्डप टेलिभिजन तथा रेडियो मिरमिरेमा समेत कृषिका कार्यक्रमहरु समेत गरीरहेका छन् ।
यो बर्ष पनि कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका फरक बिधाका १५ जनालाई यो एग्रो टाइम्स तेश्रो कृषि अवार्ड २०७५ वितरण गर्न लागेको छ, यहि कृषि अवार्डको सेरोफेरोमा सापकोटासँग हाम्रा काठमाडौँका सम्वाददाताले थप जानकारी लिने गरेका छन् ।

यो अवार्ड कस्तो हो र किन गर्न लाग्नुभयो ?
हामीले बिगत ५ बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिका प्रकाशन गरीरहेका छौँ । र विगत ३ बर्षबाट हामीले एग्रो टाइम्स कृषि अवार्ड वितरण गरीरहेका छौँ र यो बर्षको एग्रो टाइम्स कृषि अवार्ड पनि बिगतका बर्षहरु जूतै निरन्तरता हो । कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका १५ जनालाई यो अवार्ड वितरण गर्न लागिएको हो । कृषकहरुलाई थप हौसला दिनको लागि यो अवार्ड वितरण गर्न लागिएको हो ।
बिगतका बर्षहरुमा त अवार्ड वितरणपछि विवादित भयो रे त ?
हाहा……, खास विवाद नै भन्ने त होइन् । यसमा खास केहि व्यक्तिहरु असन्तुष्ट भए होलान् । कुनै पनि अवार्डहरु तथा प्रतियोगिताहरु केहि मात्रामा विवाद हुन्छन् नै यसमा पनि त्यही भयो होला । तर हामीले वितरण गरेका अवार्डहरुमा केही कमी कमजोरी भए होलान तर आज नि सबैले हेर्न सक्नुहुन्छ अवार्ड प्राप्त गर्नेहरुको कृषि क्षेत्रको योगदान । त्यसैले हामी कसैले पनि कामलाई निरन्तरता दिनुपर्छ, यसले त्यो भन्यो त्यसले यो भन्ने साना तिना कुराहरुले असर पार्दैनन् ।
आवेदन पश्चात के –कसरी छनौटमा लगिन्छ त ?
आवेदन पश्चात स्थानीय स्तरका विभिन्न संघ÷संस्था लगायतका सरकारी कार्यालसँग सहकार्य गरी देशभरबाट १०० जनालाई छनौट प्रक्रियामा लगिनेछ । एग्रो टाइम्स कृषि अवार्ड २०७५ को मुल्यांकन समितीले छनौट गर्नेछ । कृषि अन्तर्गत जुनसुकै क्षेत्रमा आवद्धले आवेदन दिन सकिनेछ ।
अन्त्यमा केहि भन्नुहुन्छ कि ?
यो अवार्ड सबै किसानको हौसला दिने कार्यक्रम हो त्यसैले आबद्ध हौँ । नेपालमा कृषि क्षेत्रको विकास भयो भने आर्थिक संवृद्धि अवश्य हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी