इन्डोनेसियालाई हराउँदै नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा

इन्डोनेसियालाई हराउँदै नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ, ४ माघ ।

नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाईनल पुगेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो ।
कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा र्पुयाए ।

व्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वा्धिक १३ रन बनाइन् ।

त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । अरु खेलाडीले पनि दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ