अनशनरत थापालाई काठमाडौँ लैजाने तयारी

अनशनरत थापालाई काठमाडौँ लैजाने तयारी

  • शुक्रबार, माघ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

भद्रपुर, ४ माघ । 

चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बस्न शुरु गर्नुभएका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै लैजाने तयारी भइरहेको बताइएको छ ।

गए राति प्राडा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याइपु¥याएपछि प्राडा केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उहाँलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

प्राडा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव हुन सकेन । आज बिहान ३ बजेतिर झापा ल्याइएको अनशनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।

उहाँलाई पनि काठमाडौँ लैजानका लागि हेलिकोप्टर बिहान १० बजेतिर आउने झापाका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । अनशनरत थापालाई हाल प्राडा केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पताल नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ