चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलित, ३५ जना स्थानीय पक्राउ

चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलित, ३५ जना स्थानीय पक्राउ

  • बिहिबार, माघ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, माघ ३ ।
सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सहभागितामा हुन लागेको शिलान्यास कार्याक्रममा विरोध गर्न पुगेका करिब ३५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ ।

चोभारका स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई र्पुयाएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन् ।

उनीहरुले कारखानाका कर्मचारीले अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्ने माग पनि गरेका छन् । चोभार क्षेत्रका रहेका सम्पदालाई बेवास्ता गर्दै बन्दरगाह निर्माण गर्न नहुने बताएका छन् ।

उनीहरुले विगतमा हिमाल सिमेन्ट कारखाना र वातावरण संघर्ष समितिबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् । लामो समयदेखि उनीहरुले पर्यकीय क्षेत्र चोभारलाई खुला रुपमा छोड्न माग गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ