पर्वत, माघ ३ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै ३ र उपचारका क्रममा अन्य ४ जनाको मृत्यू भएको हो ।
दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती, सोहि ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ ।
त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना पुरुषको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाईते भएका छन् । १७ जना गम्भिर घाईतेलाई हेलिकोप्टरबाट उद्दार गरि पोखरा लगिएको छ ।
यात्रु बस तीब्र गतिका कारण बागलुङसँगको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।