पर्वत, माघ ३ ।
पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ३७ जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ जनाको मृत्यु भए पनि मृतकहरुको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पर्वत र धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline