कोहलपुरका साना व्यावसायी र सुकुम्वासीको घर टहरा भत्काउने निर्णयप्रति नेकपाको आपत्ती

कोहलपुरका साना व्यावसायी र सुकुम्वासीको घर टहरा भत्काउने निर्णयप्रति नेकपाको आपत्ती

  • बुधबार, माघ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बाँके, २ माघ ।
बाँकेको कोहलपुर पुरानो बसपार्कको उत्तरपट्टि रहेका साना व्यापारीहरुको घरटहरा र शान्तिनगरको केहि घरहरु हटाउने नगर विकास समितिको निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टीले आपत्ती जनाएको छ ।
ने.क.पा. बाँकेका कार्यलय सचिव विकल्पले बिज्ञप्ती जारी गरि उचित विकल्प बिना नै गरिव तथा सुकुम्वासि जनताको घरबार उठाउने गरि उक्त घरटहरा भत्काउने निर्ण नगरविकास समितिको बार्ड बैठकले गरेको भन्दै भत्सना समेत गर्नुभएको छ ।
उहाँले उक्त निर्ण फिर्ता लिएर पहिले पिडितको बासका लागि स्थाई रुपमा वैकल्पिक व्यावस्था गर्न पनि माग गर्नुभएको छ । साथै उहाँले सुकुम्वासी र व्यावसायीहरुलाई जग्गा धनी पूर्जी दिन पनि माग गर्नुभएको छ ।
ने.क.पा.ले पार्टीको आग्रह र मागलाई वेवास्था गरि बल प्रयोगका माध्यमबाट व्यावसायीलाई दुःख दिने र वस्ती हटाउने प्रयास गरिए त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार सत्ताधारी नेताहरु नै हुनेपनि चेतावनी दिएको छ । साथै सबै व्यावसायी र सुकुम्वासीहरुलाई नहुन समेत आग्रह गर्दै जनताको पक्षमा आवाज उठाउन सबै देशभक्त, वामपन्थि र क्रान्तिकारीहरुमा बज्ञिप्ती मार्फत नै अपिल गरिएको छ ।
गत पुस २० गते बसेको कोहलपुर नगरविकास समितिको बोर्य बैठकले १५ दिने सूचना जारी गरि कोहलपुर पुरानो बसपार्कको उत्तरपट्टि रहेका साना व्यापारीहरुको घरटहरा र शान्तिनगरको केहि घरहरु हटाउन निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ