काठमाण्डौ, २ माघ ।
प्रहरीले एक जना महिलालाई १५ के.जी. ५ सय ग्राम लागू औषध चरेश सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट काउले ३ बस्ने २९ बर्षिय कान्छि माया घले रहेकी छिन् ।
उनलाई विशेष सूचनाका आधारमा लागू औषध व्युरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । टोलीले बुधवार बैदेशिक हुलाक भन्सार कार्यलयबाट १४८ वटा धुपको बट्टामा फल्स बटम बनाई लुकाई छिपाई हङकङतर्फ पठाउन लागिएको अवस्थामा पक्राउ गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline