पत्रकार गणेश विक रिहा

पत्रकार गणेश विक रिहा

  • बुधबार, माघ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 35K
    SHARES

काठमाडाै, २ माघ ।

पत्रकार गणेश विक रिहा भएका छन् । साइपालपोष्ट डटकमका प्रबन्ध सम्पादक विक लामाे समयकाे हिरासत बसाइपछि बुधवार रिहा भएका हुन् ।

पत्रकार विकलाई बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर गत पुस १९ गते चैनपुरबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।उनलाइ ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३’ पछ्याउँदै मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

सोही मुद्दामाथि बुधवार जिल्ला न्यायाधिश मात्रिका प्रसाद पाेखरेलको एकल इजलासमा भएको बहसपछि विक रिहा भएका हुन् ।

विककाे गिरफ्तार छापा तथा प्रकाशन ऐन र प्रेस काउन्सिल नेपाल ऐन विपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन लगायत पेशागत संगठनहरुले व्यापक विरोध गर्दै आइरहेको छ । प्रकाशित समाचारबारे गुनासो र असन्तुष्ट भएमा प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी प्रावधान हुँदाहुँदै राज्यले विद्युतीय कारोबारअन्तर्गतको कानूनलाई अगाडि सार्दै आइरहेको भन्दै प्रेसजगतले विरोध जारी राखिराखेको बेला पत्रकार विक अनुसन्धानको लागि भन्दै लामो समय हिरासतमा राखिएपछि रिहा भएका हुन् ।

अाज विककाे पक्षमा अधिवक्ता कपिल चन्द्र पाेख्रेल, कान्ति ढुंगाना लगायतले बहस गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ