लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ,

लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ,

  • आइतवार, पुस २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

हेटाँैडा, २९ पुस ।

लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसको बीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा ट्याङ्कर चालक इन्द्रसरोवर गाउँपालिका–५ का अरुण तामाङ, सहचालक सोही ठाउँ बस्ने १५ वर्षीय विजय तामाङ र १५ वर्षीय अर्का किशोर सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ