बुद्विजीवी संगठनकाे अन्तरकृया दैलेखमा सम्पन्न

बुद्विजीवी संगठनकाे अन्तरकृया दैलेखमा सम्पन्न

  • शनिबार, पुस २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

दैलेख, २८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्विजीवी संगठन कर्णाली व्युराेको आयाेजनामा “जनताकाे चाहाना र देशकाे वर्तमान अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ । 
आज दैलेख जिल्ला सदरमुकाममा भएकाे अन्तरकृयामा बाेल्दै नेकपा नेता तथा व्युराे सदस्य संगमले सवैकाे धारणा दस्तावेजीकरण गरि आन्दाेलनकाे एकीकृत पार्नु पर्ने समय आएकाे वताउनु भयाे ।
यस्तै बुद्विजीवी संगठनका महासचिव व्यापक नेपालीले जनयुद्व र जनआन्दाेलनबाट  प्राप्त उपलब्धि समेत केहि नेताहरूकाे गद्दारीका कारण संस्थागत हुन नसक्दा जनताले परिवर्तनकाे अनुभूती गर्न नसकेकेा बताउनु भयाे ।
विधमान दलाल पुजिवादी संसदिय व्यावस्था उहि पुरानै व्यावस्था काे निरन्तरता वा पिलाेकाे किला राेग जस्तै भएकाेले राष्ट्रियता ,जनतन्त्र , जनजिवीका धरापमा परेकाे भन्दै उहाँले बैज्ञानिक समाजवादले मात्रै जनताकाे अधिकार स्थापित गराउने बताउनु भयाे ।
मुलुकमा भष्ट्रटाचार,बलत्कार,दलालिकरण र महंगि लगायतका समस्याले मुलुक संकटमा परेकाे भन्दै उहानँले अबको समस्याको समानधान वैज्ञानिक समाजवादले मात्रै गर्न सक्ने भएकाले  एकिकृत जनक्रान्तिमा लामबद्व हुन पनि अपिल गर्नुभयाे ।
संगठनका केन्द्रिय सदस्य तथा कर्णाली संयाेजक धनराज शाहिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सत्तारूढ दल नेकपा प्रदेश कमिटी सदस्य सुर्य व शाही ,राप्रपा जिल्ला सदस्य राम व थापा ,राष्ट्रिय जनमाेर्चाका लक्ष्मी रेग्मी ,पुर्व सभासद भरत रेग्मी ,दैलेख वारका प्रतिनिधि सर्पराज जाेशी ,मानव अधिकार संगठनका अध्यक्ष दिर्घराज अधिकारी ,सिल्पी समाजका अध्यक्ष बखत नेपाली लगायत पत्रकार ,सञ्चार कर्मी लगायत विभिन्न पेशागत व्यक्तित्व महाननुभावहरुकाे सहभागी ता मा विषयगत अन्तरकृया नेपाली जनताकाे चाहाना देशकाे वर्तमान अवस्था विषयगत अवधारणा पत्र मा व्यक्तिगत धारणा सहभागी सवैले राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ