बेझाड, २८ पुस ।
पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्रा्ष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ सो प्रतियोगिता गर्न लागिएको हो ।
दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा यही माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मीलगायतका जिल्लाबाट १० समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कारस्वरुप रु एक लाख ५० हजार, द्वितीय रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार प्रदान गरिने छ ।
महोत्सवकै अवसरमा खुल्ला पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगितामा पनि हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कारवापत् रु २५ हजार र द्वितीय पुरस्कार रु १५ हजार रहनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline