सर्वसाधारणलाई धम्क्याउँदै हिडेका नक्कली डीएसपी पक्राउ

सर्वसाधारणलाई धम्क्याउँदै हिडेका नक्कली डीएसपी पक्राउ

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

२७ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत् डीएसपीको कार्ड देखाएर सर्वसाधारणलाई धम्क्याउँदै हिडेका एक व्यक्ति पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले भक्तपुरको बालकोटका ३५ वर्षीय अनिल थापा लाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार थापा १४ दिनअघिदेखि कमलादीस्थित तिरुपती होटलको कोठा नं. २०३ मा बसेर शंकास्पद गतिविधि गर्दै आएका थिए । त्यसको सूचना पाएपछि परिसरको टोलीले निगरानी बढाएको थियो ।

त्यसक्रममा उनले प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमकिरण बोगटीको नाम लिएर सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको खुलेको थियो । उनले तिरुपतीमा मात्र नभइ, ठमेल, दरबारमार्ग लगायतका क्षेत्रका होटल र रेष्टुरेन्टहरुमा समेत डीएसपी भएको बताउँदै धम्की दिँदै हिँडेको भेटिएको छ ।प्रहरीले उनीमाथि ठगी मुद्दामा म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ