कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न आग्रह

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न आग्रह

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २७ पुस। 

दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नवगठित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा उदविर नेपाली, उपाध्यक्षमा गणेश नेपाली, दीपा परियार र लिलम विक, महासचिवमा शेरबहादुर बाग्चन्द, सचिवमा सुजन कुमारी बर्देवा, रमेशकुमार चर्माकार, झविन्द्र विश्वकर्मा र केबलकुमार नेपाली, कोषाध्यक्षमा जयबहादुर बिक र सहकोषाध्यक्षमा अशोककुमार राम रहनुभएको छ ।

समितिमा प्रदेश संयोजक, काठमाडौं उपत्यका, खुला सदस्य, महिला सदस्य, मधेशी दलित तथा अनुशासन कमिटी सदस्य पनि निर्वाचित गरिएको छ ।

सरकारी सेवामा रहेका दलित समुदायका कर्मचारीबीच आपसी हित, सम्बन्ध र सहयोगका लागि उक्त समाज स्थापना गरिएको अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजले सदस्य कर्मचारीका छोराछोरीलाई शैक्षिक सम्मान र पुरस्कार वितरण गर्दछ, दलित कर्मचारीका अधिकारका पक्षमा वकालत र बहस चलाउँछ तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दछ ।”

सम्मेलन उदघाटनका अवसरमा मन्त्री सुनारले नेपालका दलित समुदाय सदियौँदेखि उत्पीडनमा रहेकाले उनीहरूको उत्थानका लागि समाजका सबै वर्गको समान दायित्व रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ