‘सिमाना खोज्दै’ बजारमा !

‘सिमाना खोज्दै’ बजारमा !

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौँ, २७ पुस

साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उहाँको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको आज लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गर्नुभयो ।

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको बताउनुभयो । नेपालमा यस्ता कृति जे जति निस्कनु पर्ने हो त्यो ननिस्किएको उहाँको भनाइ थियो ।

सङ्कुचित राष्ट्रियतातर्फ मुलुक गइरहेको बेलामा पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा राष्ट्रियतालाई कमजोर बनाउने खेल भएको भन्दै यसमा सतर्क हुनुपर्ने बताउनुभयो ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताउनुभयो । नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको उहाँको भनाइ छ ।

पृथ्वीनारायण शाहलाई चिन्न पुस्तकले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई फेरि एकीकरणको खाँचो आवश्यक रहेको बताउनुभयो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउन पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपालमा धेरै शासकले शासन गरेपनि पृथ्वीनारायण शाह सफल व्यक्ति भएको उल्लेख गर्नुभयो । “देश बनाउने व्यक्तिलाई गौरव गर्नुपर्छ, दुर्भाग्यवश विगतको इतिहासलाई वर्तमान पुस्ताले बिर्सदै गएको छ”, उहाँले भन्नुभयो । पृथ्वीनारायण शाह भएका कारण आज मुलुक बाह्य शक्तिको अधिनबाट जोगिएको उहाँको भनाइ थियो । परम्परागत कृतिमा नयाँ कृति थपिएको दाहालले बताउनुभयो ।

पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताउनुभयो । पृथ्वीनारायण शाहले नजितेको भए हामी अरु कसैको दास भएर बस्नुपर्ने उहाँको थियो । पुस्तकले इतिहास जोडेको बताउँदै उहाँले मुलुकले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनुभयो । इतिहासको लुकेको भागलाई पुस्तकले समावेश गरेको उहाँको भनाइ थियो ।

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरि घुमेको बताउनुभयो । “म इतिहासको विद्यार्थी भएको कारणले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ”, उहाँले भन्नुभयो । पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो कि भन्ने आभाष भएको उहाँको भनाइ थियो ।

ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईले जागिरका दौरानमा आफ्ना लेख रचना प्रकाशनमा ल्याउन नसकेका स्रष्टाले पछिल्लो समय प्रकाशन गरेर आम जनतासामु ल्याउन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी