कृषि क्याम्पस सञ्चालनमा आएपछि विद्यार्थी उत्साहित

कृषि क्याम्पस सञ्चालनमा आएपछि विद्यार्थी उत्साहित

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

परासी, २७ पुस। 

कृषि क्याम्पस सञ्चालनमा आएपछि नवलपरासीका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् ।

पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धन दिएको हो ।

चार वर्षको प्रयासपछि सम्बन्धन प्राप्त गर्न सफल भएको क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेले जानकारी दिनुभयो । स्नातक तहको चारवर्षे कक्षा सञ्चालन गर्ने अनुमति पाएको उक्त क्याम्पसले एक सेमेस्टरमा ५० विद्यार्थी अध्यापन गर्न पाउने छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यहाँ पढ्न सक्छन् । चारवर्षे कोर्षका लागि विद्यार्थीले रु एक लाख धरौटी फिर्ता हुने गरी कूल रु सात लाख खर्च गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयकै समय तालीकाअनुसार कक्षा सञ्चालन हुने उक्त क्याम्पसमा भर्ना हुन अहिले विद्यार्थीको चाप बढिसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । प्रदेश राजधानीको नजिक, पहाडी जिल्लालाई पायक पर्ने, भारतको पनि नजिक भएकाले नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि उक्त क्याम्पसमा विद्यार्थी पढ्न आउने क्याम्पसको विश्वास छ ।

शुक्रबार पनि पूरा दिन कार्यालय खुला 

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवामा व्यापक सुधार गरेको छ । कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको छ भने सेवाग्राहीको काम एकै दिनमा सक्ने गरी सेवाप्रवाह शुरु गरेको छ ।

कागजात र प्रक्रिया पुगेका सेवाग्राहीको काम सोही दिनमै सक्ने गरी सेवा प्रदान गरिरहेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार गत शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको हो ।

जिल्लामा अन्य कार्यालय शुक्रबारका दिन दिउँसो ३ बजेसम्म मात्र खुल्छन् भने जिल्ला प्रशासन ४ बजेसम्मै खुल्ने गरेको छ । गर्मी मौसममा ५ बजेसम्म सञ्चालन हुने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी